शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिल्पाको अमृतसँग ‘उनकै कुरा हुन्छ’

बुधबार, ०१ साउन २०७६, १३ : ५२
बुधबार, ०१ साउन २०७६

काठमाडौँ– निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवादको बिषय पछिल्लो समय मिडियामा मसला बनेको छ । घरेलु हिंसाबाट सुरु भएको विवाद डिभोर्ससम्म पुग्ने चर्चा छ । 

यसैबीचमा अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ । 

भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप