बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानको हवाई क्षेत्र बन्द हुँदा भारतीय हवाई उद्योगमा साढे ६ हजार ५ सय करोडको नोक्सानी

बुधबार, ०१ साउन २०७६, १३ : १२
बुधबार, ०१ साउन २०७६

पाकिस्तानका उच्च हवाई व्यवस्थापकले मंगलबारदेखि आफ्नो भारतीय समकक्षीलाई इमेल तथा मोबोइलमार्फत् हवाई क्षेत्र खोल्ने जानकारी गराएका थिए । त्यसको परिणाम भारत तथा पाकिस्तानबीचमा हवाई मार्ग सहज भइ अन्तर्राष्ट्रिय उडान सञ्चालन भएका छन् ।

‘पाकिस्तान र भारतले आज उडान गर्नुभन्दा पहिले पाइलटलाई दिइने लिखित सूचना अर्थात् नोटाम्स रद्द गरेपछि दुई देशका हवाई क्षेत्रमा कुनै पनि प्रतिबन्ध छैन । बन्द गरिएका हवाई मार्ग सुचारु हुन थालेका छन् । यसले हवाई क्षेत्रलाई सार्थक सुविधा मिलेको छ’, नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै इन्डियन आउट लुकले जनाएको छ ।

यो घोषणाले भारत र मुख्यगरी युरोप तथा विश्वका अन्य देशका सञ्चालन हुने ७५० देखि ८०० दैनिक उडान १४० दिनसम्म तोडिएको छ । सिआरपिएफका ४६ जना जवान मारिने गरी पुलवामा भएको आतंकवादी हमलाको प्रतिक्रिया स्वरुप भारतीय हवाई सुरक्षा बलले कथितरुपमा आतङ्कवादी प्रशिक्षण क्याम्पमा आक्रमण गरेपछि फेब्रुअरी २६ देखि पाकिस्तान हवाई क्षेत्र पहुँचबाहिर रहेको थियो ।

मंगलबारदेखि भने हवाई क्षेत्र खुला गरिएको आधिकारिक जानकारी आएको नागरिक उड्डयान मन्त्रालयले जनाएको छ ।

उड्डयान आधिकारले १४० दिनसम्म भएको हवाई अवरुद्धका कारण कम्तिमा पनि ६ हजार ५०० करोड रुपैँया नोक्सान भएको जनाएको । हवाई हड्तालका कारण अफगानिस्तान एवम् अन्य  गन्तब्यबाट आउने उडानले लामो मार्ग तय गर्नुपरेको थियो ।

“अन्तर्राष्ट्रिय उडानमा साधारण एकघण्टामा ५ किलोलिटर इन्धन खर्च हुन्छ, पाकिस्तान हुँदै भारत आउने हो भने कम्तिमा दुई घण्टा कम हुन्छ । यदी दुई घण्टाको हिसाव गर्ने हो भने प्रतिकिलोलिटर ६२ हजार रुपैँया खर्च हुन्छ भने १४० दिनका ७५० उडानको ६ हजार ५०० करोड खर्च बढी भएको देखिन्छ,” एएस पानेसर पूर्व पाइट तथा उडान सुरक्षा विज्ञले बताए ।

उनलाई समर्थन गर्दै इन्डिगोका पूर्व कर्पोरेट प्रमुख अजय जर्रा भनेका छन, “फेब्रवरी २६ देखि जुललाई १६ बिहानसम्म पाकिस्तान हवाई क्षेत्रमा भारत आउने र जाने उडानलाई अनुमति दिइएको थिइएन, यसले ६ हजार ५०० करोडभन्दा बडीको नोक्सानी भएको छ ।”

नागरिक उड्यानमन्त्री हार्दिपसिंह पुरीले जुलाई ३ को राष्ट्रियसभामा एयर इन्डियालेमात्रै ४९१ करोड रुपैँया नोक्सान ब्यहोर्नु परेको बताएका थिए । त्यसैगरी पाकिस्तानले पनि भारतीय हवाई मार्ग प्रयोग गर्न नपाएकाले थाइल्याण्ड र इन्डोनेसियाजस्ता मुलुकमा लामो हवाईमार्ग तय गर्नुपर्ने बाध्यता व्यहोरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप