सर्पले वृद्धलाई डस्यो, रिसले सर्पलाई नै टोकिदिए, त्यसपछि....
बुधबार, ०१ साउन २०७६, १२ : ५५
भारतको गुजरातस्थित महिसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डस्यो । सर्पले डसेपछि ती वृद्धले त्यसलाई समाते डसेपछि वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष फैलिएका कारण पहिले सर्पको मृत्यु भयो त्यसपछि वृद्धले पनि अन्तिम सास फेरे ।
गुजरातको वडोदार नजिकै पर्वत गाला नामका वृद्ध खेतमा काम गरिरहेका थिए । यति नै बेला उनलाई विषालु सर्पले हात र मुखमा डस्यो । सर्प डसेर भागिरहेको थियो पीडित किसानले सर्पलाई समाते र रिसले टोकिदिए । वृद्धको टोकाइपछि सर्पको मृत्यु भयो । यद्यपि, किसानको पनि पछि मृत्यु भयो ।
घटनाको विषयमा एक स्थानीयले भने, ‘जुन सर्पले पर्वत गालालाई टोक्यो उनले त्यसलाई समाते र टोकिदिए । यसले सर्पको मृत्यु भयो । वृद्ध किसानलाई पनि अन्य व्यक्तिको मद्दतले अस्पताल पुर्याइयो तर उनको उपचारको क्रममा मृत्यु भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत