बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयाक्सका कप्तान डि लिट युभेन्टसमा

बुधबार, ०१ साउन २०७६, १० : ३१
बुधबार, ०१ साउन २०७६

आयाक्सका कप्तान म्याथिस डि लिट सिरिया ए च्याम्पियन युभेन्टससँग अनुबन्ध हुन टुरिन आइपुगेका छन् । युभेन्टसले डि लिटका लागि ६ करोड ७५ लाख पाउण्ड तिरेको छ ।

१९ वर्षीय खेलाडीलाई यसअघि बार्सिलोना, म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेनले पनि भित्र्याउने प्रयास गरेका थिए ।

प्राइभेट जेटमा टुरिन आएपछि उनले भने, ‘यहाँ आउँदा निकै खुसी छु ।’

सन् २०१६ मा डेब्यु गरेका डिफेन्डरले डच लिग तथा डच कप जितेका छन् । भने सन् २०१७ को युरोपा लिगको फाइनल तथा गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म आयाक्सलाई पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

डि लिटले ७७ लिग खेलमा आठ गोल गरेका छन् ।

उनले ९ वर्षको उमेरमा क्लबसँग आबद्ध भएका थिए सन् २०१८ को मार्चमा उनी क्लबका सबैभन्दा युवा कप्तान बनेका थिए ।

गत सिजन च्याम्पियन्स लिगमा युभेन्टसबिरुद्ध विजयी गोल गर्दै आयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए । सेमिफाइनलमा भने टोली टोटनहमसँग पराजित भएको थियो ।

डि लिटले सन् २०१७ को मार्चामा नेदरल्याण्डका लागि डेब्यु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप