शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् दुर्लभ योगमा लागेको चन्द्रग्रहण

बुधबार, ०१ साउन २०७६, ०९ : १३
बुधबार, ०१ साउन २०७६

मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लागेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गरेको थियो । त्यस्तै, बिहान ३:१५ मा ग्रहणको  मध्यकाल हुने र बिहान ४:४५ मा मोक्षकाल अर्थात ग्रहण सकिएको उनले बताए ।

पूरा तीन घण्टासम्म लाग्ने यो ग्रहण १४९ वर्ष पहिले यस्तै दुर्लभ योगमा लागेको थियो ।

सन् १८७० जुलाई १२ मा गुरु पूर्णिमामा नै ग्रहण लागेको थियो ।

तलका तस्विरहरु वीरगञ्जको आकाशमा राती २ बजेर १० मिनेट देखि बिहान ४ बजेर ४५ मिनेट जाँदासम्म खिचिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप