शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ लाख जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार

बुधबार, ०१ साउन २०७६, ०७ : ३८
बुधबार, ०१ साउन २०७६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा दक्ष जनशक्तिको रुपमा रहेका ती युवा विदेशिन बाध्य भएका हुन् । दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा हुन सक्ने चेतावनी शिक्षाविद्हरुले दिएका छन् ।

पछिल्लो १० वर्ष अर्थात् २०६६ सालदेखि हालसम्म झन्डै पाँच लाख युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् । तीमध्ये दुई लाख बढी रोजगारविहीन रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को तथ्यांकमा उल्लेख छ ।

सरकारी तथा निजी क्षेत्रबाट मुलुकमा रोजगारी नपाउँदा तालिमप्राप्त जनशक्ति पनि रोजगारीका लागि विदेशिन बाध्य भएका हुन् । तालिम प्राप्त जनशक्ति विदेशिने क्रम बढेपछि सरकारले लिएको समृद्धिको लक्ष्यमा समेत गम्भीर चुनौती सिर्जना हुने देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप