बच्चाको भोकमा भक्कानिँदै अभिभावक, चारैतिर पानी पेटभरि भोकको आगो
दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ ।
‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ दमका रोगी राम शंकरले भने, हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै !
उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ । घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन् । ४० घरपरिबार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् ।
दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन् । साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सञ्जय कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ