राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज
बुधबार, ०१ साउन २०७६, ०६ : ३६
राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानीसँगको सम्पर्क टुट्न नदिन एक्रोबिज उपलब्ध गराइएको सेनाले जनाएको छ ।
विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप सेनाले पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका ४ स्थानमा ६० मेट्रि टनसम्मको भारवहन क्षमता रहेका चारवटा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार काठमाडौँको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जितपुरमा ५.५ मिटर चौडा र ७६.२ मिटर लम्बाइका एक्रोब्रिज तयारी अवस्थामा राखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
-
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा