शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डुबान क्षेत्रमा शसस्त्र प्रहरीले बनायो बेलिब्रिज, आवागमन सुचारु

मङ्गलबार, ३१ असार २०७६, १८ : ५३
मङ्गलबार, ३१ असार २०७६

सिरहा– केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई शसस्त्र प्रहरीले बेलिब्रिज बनाइदिएपछि आवागमनमा सहज भएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा भीषण वर्षाले बगाएपछि ५ दिनदेखि आवागमन ठप्प हुँदा स्थानीयलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगायतका विविध किसिमको समस्या झेलिरहेका थिए । 

स्थानियवासीलाई असहज भएको देखिएपछि बेलिब्रिज निर्माण गरि सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हाल्नु भएका प्रहरी निरिक्षक दिपक कोइरालाले बताए ।  पुलको बरियारपट्टी तर्फको कटान हुँदा ५ दिनदेखि आवागमन ठप्प थियो । मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारिपारि गर्न नसक्ने अवस्था र राजमार्गसम्म बिरामी ल्याउन बैकल्पिक बाटो समेत थिएन । यस्तो अवस्थामा शसस्त्र प्रहरीले बेलिब्रिज बनाएपश्चात जनजीवन सहज भएको स्थानिय श्यामलाल राजवंशीले बताए । 

सशस्त्र प्रहरी बलको सुरक्षा बेसले आफ्नो बेसको लगानीमा सिमित श्रोत साधन प्रयोग गरि अस्थाई फलामे पुल निर्माण गरेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप