ललितपुर प्रहरीद्वारा राजश्व छलीका ५ करोडको सामान बरामद
ललितपुर– महानगरीय प्रहरी परिसर ललितपुरले ५ करोड मूल्य बराबरको विद्युतीय सामग्री बरामद गरेको छ । सानेपाको साचलस्थित सन्तगल्लीमा रहेको एक घरबाट करिब ५ करोड बराबरको विद्युतीय सामग्री बरामद भएको ललितपुर प्रहरीले बताएको छ ।
चीनबाट राजश्व छली गरी सामान ल्याएर भारतीय बजारमा विक्री वितरण गर्ने गरेको सुचनाको आधारमा ललितपुर प्रहरीले सानेपाको जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालिमा छापा मारेको हो । प्रहरीले छापा मार्ने क्रममा चीनबाट अवैध तरिकाले मेमेरी कार्ड लगायतका सामग्री ल्याइ नेपालमा ब्राण्डेड नाममा प्रिन्ट गर्ने गरेको समेत भेटिएको ललितपुर प्रहरीले बताएको छ ।
प्रहरीले मेमोरी कार्डमा नक्कली ब्राण्डेड प्रिन्ट गर्ने मेसिनसहित मेमेरी कार्ड र अन्य विद्युतीय उपकरण बरामद गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले रातोपाटीलाई बताए । हाल कारखानासहित एक गोदाममा पनि छापा मारिएको छ । अहिले राजश्व अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीले छापा मारेको स्थानमा पुगेका छन् ।
अहिले कारखाना तथा गोदामको मुचुल्का उठाउने काम भइरहेको छ । मुचुल्का उठाएपछि सामानसहित राजश्व अनुसन्धान विभागको जिम्मा लगाउने परिसरका प्रमुख धानुकले बताए । मेमोरी कार्ड लगायतका विद्युतीय उपकरण बनाउने कारखानाका सञ्चालकहरु गोविन्द भन्साल र मोहन भन्साल भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार