शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि महंगो इन्टरनेट चलाउनुपर्ने, १३ प्रतिशत महंगिने

मङ्गलबार, ३१ असार २०७६, १६ : १५
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं–भोलि अर्थात साउन १ गते देखि इन्टरनेट महंगिने भएको छ । सरकारले आर्थिक विधेयक मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत लिने १३ प्रतिशत रकम असुल गर्नुपर्ने बुँदालाई यथावत राखेकाले इन्टरनेट  सेवा प्रदायकले आपत्ति जनाएका थिए ।

 उनीहरले यस अघिको नोक्सानलाई कभर गर्ने गरी २० प्रतिशतसम्म शुल्क बढाउँने निर्णय गरेका छन् । आथिक वर्ष २०७५÷०७६ को बजेटले १३ प्रतिशत शुल्क लिने निर्णय गरेको थियो । 

तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई आम उपभोक्तालाई मूल्य बृद्धि नगराइदिन भनेपछि  सरकार र व्यवसायी मिलेर मूल्य समायोजन गरिएको इन्टरनेट सेवा प्रदायकको संस्था (आइस्पान) का अध्यक्ष भोजराज भट्टले बताए । 

 तर अहिलेको बजेटमा पनि  यो १३ प्रतिशत रकम बृद्धि नहटाएकोले एक वर्षको नोक्सान रकम पनि  उपभोक्ता बाटै उठाउने गरी २० प्रतिशत शुल्क बृद्धि गर्ने उनले भने । उनका अनुसार यो २० प्रतिशत एक बर्षसम्म उठाइनेछ भने अर्को वर्षदेखि १३ प्रतिशतमात्र उठाइनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप