शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरको शङ्कास्पद क्रियाकलाप देखिँदैन–दक्षिण कोरिया

बिहीबार, २६ साउन २०७४, १८ : ००
बिहीबार, २६ साउन २०७४

सोल – दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ । 

पछिल्लो समयमा उत्तर कोरियाले फेरि पनि अर्को आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ । 

दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ– हामीले सीमा क्षेत्र र सामुद्रिक क्षेत्रमा पनि निगरानी गरेका छौँ, उताबाट त्यस्तो कुनै उत्तेजक क्रियाकलाप भएको देखिँदैन । 

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका यी दुई देशबीच सत्रुतापूर्ण सम्बन्ध रही आएको छ । यी दुवै देशका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट प्रस्ताव आएको भए पनि उत्तरले मानेको छैन । 

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन भएको छैन । उत्तरले भने छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिने गरेको छ । 

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।     

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि वार्ता र त्यसपछि पारिवारिक पुनर्मिलनको कार्यक्रम राखिएको भए पनि सो प्रस्तावको कुनै जवाफ उत्तरले दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप