राष्ट्र बैंकलाई महालेखाको पत्र: आज बैंक खुल्ला राख्नु
मङ्गलबार, ३१ असार २०७६, १४ : ०७
काठमाडौं– महालेखा नियन्त्रकको कार्यालयले नेपाल राष्ट्र बैंकलाई आज बैंक खुला राख्ने व्यवस्था गर्न पत्र लेखेको छ ।
असार मसान्तको दिन राजस्व बुझ्ने बैंकका सबै काउन्टर खुला राख्न भनेको छ ।
साथै यस दिनको खर्चको समेत चेकहरु सम्भव भएसम्म आजै साटिने व्यवस्था मिलाउनका लागि सबै चेक क्लियरिङ शाखा तथा काउन्टर राती अबेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउन भनेको छ ।