पाकिस्तानी आकाश विदेशी विमानका लागि खुला
कराची– पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो ।
पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए) ले सबै प्रकारका गैरसैनिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ । सीएएका प्रवक्ताले भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरिएको जानकारी दिए ।
गत फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र विदेशी विमानका लागि प्रतिबन्ध लगाएको थियो । पाकिस्तानले केही प्रतिबन्धहरु मार्चमै फिर्ता लिएपनि भारतसँगको तनाब मत्थर नभएका कारण पाकिस्तानको पूर्वी क्षेत्रमा यस्तो प्रतिबन्ध फुकुवा गरेको थिएन ।
पाकिस्तानको उक्त कदमका कारण भारतबाट पश्चिमी मुलुकमा हुने उडान प्रभावित भएका थिए । पाकिस्तानबाट पूर्वतर्फ हुने हवाई यात्रामा समेत पाकिस्तानी कदमबाट ठूलो असर परेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने