प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो
धनुषा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याएका छन् ।
धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको मन्त्री यादवले उल्लेख गरे ।
कमला नदीको बाँधमा कटान हुनसक्नेतर्फ इङ्गित गर्दै उहाँले सम्भावित जोखिमलाई दृष्टिगत गरी उच्च प्राविधिकद्वारा बाँध मर्मत तथा संरक्षण तत्काल गर्नु आवश्यक भएकामा उनले जोड दिए ।
प्राकृतिक विपद्मा राजनीति नगरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु जरुरी भएको बताउँदै उनले राहतका लागि मात्र सरकारमाथि नै आश्रित हुने आकांक्षा त्यागी आ–आफ्ना सामथ्र्य पनि प्रयोग हुनु आवश्यक रहेको बताए ।
मन्त्री यादवले सरकारले बाढीबाट पीडितलाई उद्धार गर्न गोताखोरलाई विशेष सुविधा दिने घोषणा गरिसकेको र यस विपत्तिमा गोताखोरको सङ्ख्या बढाउनु जरुरी भएको जानकारी दिए ।
एक फरक प्रसङ्गमा उनले जनकपुरधाम विमानस्थलमा ‘रिफिल सेन्टर’ साउन १० गतेदेखि सञ्चालन हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा