मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब बाढी पीडितलाई

मङ्गलबार, ३१ असार २०७६, १२ : ३६
मङ्गलबार, ३१ असार २०७६

जनकपुरधाम(प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यले बाढी पीडितलाई  एक महिना तलब दिने भएको छ।

अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका  हुन् । 

मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । 
बैठकले प्रदेशका सबै मन्त्री , राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन पनि आग्रह गरेको छ । 
बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत बैठकले गठन गरेको छ ।

 उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण गर्नेछ ।

 प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्नेछ ।  
प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप