शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छविको शिल्पालाई खुल्ला पत्र, ‘ संसारको कुनै अदालत जानु पर्दैन, मेरो अदालत आउनुस् न्याय मिल्नेछ’

मङ्गलबार, ३१ असार २०७६, १२ : २१
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद अझै सुल्झिएको छैन । केही दिन अघि दुबैले एक–अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाउँदै महानगरीय प्रहरी परिसरमा सहमती गरेर बाहिर निस्किएका थिए । तर पनि यी दुबैको विवाद अझै नसुल्भिएको उनीहरुले मिडियामा दिइरहेको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ ।

यतिबेला मिडियामा उनीहरुको डिभोर्सको चर्चा चल्न थालेको छ । केही अनलाइन मिडियाले छविसँगको डिभोर्सका लागि शिल्पाले कागजपत्रसमेत फाइल गरिसकेको समाचार बनाएका छन् ।

तर यस विषयमा शिल्पाले आधिकारिक धारणा न त सामाजिक संजालमा पोष्ट गरेकी छन्  न बाहिर नै  ल्याएकी छन् ।

तर मिडियामा भने उनले छविसँग डिभोर्स लिने निश्चित भइसकेको जस्ता समाचार छाउन थालेका छन् ।

यस विषयमा निर्माता छविराज ओझालाई केही जानकारी नभएको पनि होइन । उनले पनि डिभोर्सको हल्ला वा आधिकारिकता सुनेकै हुनपर्छ । सायद त्यसैले होला छविले  शिल्पालाई कुनै अदालत नजान र आफ्नै अदालतमा आउन अनुरोधसमेत गरेका छन् ।

छविले सोमबार आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस पोष्ट गर्दै शिल्पालाई अन्य अदालतमा भन्दा आफ्नै अदालतमा उचित न्याय पाउने बताएका छन् ।

उनले स्टाटसमा लेखेका छन् ‘यदि तपाई साच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एक पटक आएर कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस् । आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन ।’

यस्तो छ छविको स्टेटस:

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । 
शुभरात्री ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप