शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकजुट भएर उद्धार कार्यमा जुट्न मन्त्री यादवको आग्रह

मङ्गलबार, ३१ असार २०७६, १२ : १३
मङ्गलबार, ३१ असार २०७६

जनकपुर–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्राकृतिक विपदको  सबैले एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । 

मंगलबार जनकपुरमा प्रेस संगठन नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै यादवले वर्षातको सिजन भर्खरै सुरुवात भएकाले सम्भावित जोखिम तथा राहत वितरणका लागि सबै राजनीतिक दल सहितका सर्वदलीय समिति गठनको आवश्यकता रहेकाे बताए । 

डुबान र बाढीले प्रत्येक वर्ष व्यापक जनधनको क्षति हुँदै आएकाले यसको दीर्घकालिन समाधान खोज्न जरुरी रहेको बताए । उनले भने, ‘प्रत्येक वर्ष बाढी र डुबान हुन्छ, प्रत्येक वर्ष सरकारले खोला नाला र सडक मर्मत सम्भार गर्छ, तर पनि डुबान र बाढी आउँछ, सबै थोक बगाएर लान्छ, मान्छेहरु घरबारविहीन हुन्छन्, यसको लागि दीर्घकालिनरुपमा समाधान खोजौँ ।’

 उनले समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने पनि चेतावनी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप