केन्द्रीय संस्करण

यसरी भएको थियो सलमान–कैटरीनाको पहिलो भेट

person explore access_timeअसार ३१, २०७६ chat_bubble_outline1

आज ३६ औँ जन्मदिन मनाइरहेकी बलिउड अभिनेत्री कैटरीना कैफ उद्योगकै बोल्ड अभिनेत्रीमा एक हुन् । उनी फिल्मका कारण मात्र होइन प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् । 

सुपरस्टार सलमान खानसँग प्रेमसम्बन्धमा रहेकी कैफको प्रेमको चर्चा त्यतिबेला देखि नै चर्चामा आएको थियो । ‘लब स्टोली’ फिल्म ‘मैंने प्यार किया’ को सेटबाट सम्बन्धमा रहेका सलमान र कैफको प्रेम धेरैको दिमागमा अझै पनि छ ।

कैफले उक्त फिल्मबाट नै बलिउडमा डेब्यु गरेकी थिइन् । उनीसँगै सलमान खान फिल्मको अपोजिट रोलमा थिए । यसै फिल्मको सिलसिलामा सलमान र कैटरिना प्रेमसम्बन्धमा रहेको चर्चा चल्न थाल्यो । ६ वर्षसम्म सम्बन्धमा रहेका यी दुईको ब्रेकअप भयो ।

यसरी भएको थियो भेटघाट
‘द कपिल शर्मा शो’ मा सलमान आफैले कैफसँगको पहिलो भेटको बारेमा बताएका थिए । यसै क्रममा सलमानले कैफसँग उनकी बहिनी अलवीराले गराएको बताएका छन् । अलवीराले ‘एउटा केटी छ भेट्नु’ भनेपछि उनी कैफलाई भेट्न गएका थिए । उनीहरुको भेट एरोबिक कक्षामा भएको थियो । सलमानले कैफले डबल बर्गर खाएर एरोबिक क्लास आएको पनि उल्लेख गरेका थिए ।

यसैक्रममा, दबंग खानले ‘मैंने प्यार क्यों किया’ बनाइरहेका थिए । र फिल्मको लागि हिरोइनको खोजीमा थिए । सलमान त्यतिबेला कैफसँग भेटिसकेका थिए । उनलाई कैफ मन परेको थियो । त्यसपछि उनीहरुको भेटघाट बाक्लिन थाल्यो । उनीहरु मोटरसाइकलमा घुमिरहेको देखिन थाले । र उनीहरुको सम्बन्धको चर्चा चल्न थाल्यो । तर, यी दुईले कहिल्यै आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेनन् । 

उक्त फिल्मपछि कैटरिनालाई थुप्रै फिल्मको अफर आउन थाल्यो । ३ वर्षसम्म दुवैको प्रेम ठिकठाक चलिरहेको थियो । दुवैको प्रेम विवाहमा परिणत हुने धेरैको विश्वास थियो । तर, केहि समयपछि उनीहरुबीच दरार पैदा हुन थाल्यो । सन् २००९ मा कैटरिनाको जिन्दगीमा रणबीर कपूरको आगमनले सलमानको जिन्दगीमा तुफान आयो । यसपछि दुवै अलग अलग भए ।

पछिल्लो समय पुनः सलमान र कैटरिना फिल्म ‘भारत’ मा देखिएका थिए । 

कमेन्ट

  1. July 16, 2019, 1:07 p.m. Hari Gurung
    What a nonsense news. Bhagyashree was the actress in the movie 'Maine pyar Kiya' not Katrina. you should investigate before making and publishing. not only this there are so many mistakes in spelling and language. Many hindi words used. What a shame.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...