१३९ दिनपछि पाकिस्तानले खोल्यो भारत आउने–जाने विमानका लागि हवाई क्षेत्र
एजेन्सी । पाकिस्तानले १ सय ३९ दिनपछि भारतीय समेत अन्य विमानका लागि आफ्नो हवाइ क्षेत्र खुला गरेको छ । सोमबार राती १२ः४१ बजेदेखि हवाई क्षेत्र खुला गरेको हो ।
भारतीय उड्डयन विमागले यस मामिलाको समीक्षा गरेको थियो र अब दुवैको बीच विमान आवातजावत शुरु भएको छ ।
पुलवामा हमला गरेपछि भारतीय वायुसेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा कथित रुपमा जैश–ए–मोहम्मदको आतंकी शिवरमाथि हवाई हमला गरेको थियो । त्यसपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।
हवाई क्षेत्र बन्द भएपछि युरोप र खाडी देश जाने विमानहरु गुजरातदेखि अरब सागर हुँदै जानुपर्ने बाध्यता थियो ।
गत महिना प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ समिटका लागि किर्गिस्तान जानुपर्ने थियो । त्यतिबेला पाकिस्तानले मोदीका लागि ४८ घण्टाका लागि आफ्नो हवाई क्षेत्र खुला गरेको थियो । तर, मोदीले पाकिस्तानको हवाई क्षेत्र प्रयोग भने गरेनन् ।
पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रमा प्रतिबन्ध लगाएपछि भारतको एयर इन्डियाले मात्र ४९१ करोड रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो । प्रतिबन्धका कारण दैनिक २३३ विमानका करिब ७० यात्रु प्रभावित बनेका थिए । आफ्नो गन्तव्यमा पुग्न उनीहरुलाई डेढदेखि दुई घण्टा बढी समय लागिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने