फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? होस् गर्नुस्, कारबाहीमा परिएला
अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ?
यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ ।
महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान सहयोग गरिसकेको छ । प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो ।
अब बाटोघाटोमा फोहोर छोडेर फुत्कनेलाई पनि यही सीसीटीभीमार्फत पक्रने छ । त्यति मात्र होइन, निजी स्तरबाट राखिएका सीसीटीभीमा कैद भएका प्रमाण वा मोबाइलबाट खिचिएको दृश्यलाई पनि मान्यता दिएर फोहोर फाल्नेलाई कारबाही गरिने छ ।
महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाका
अनुसार अपराध अनुसन्धान, गुन्डागर्दी, सवारी दुर्घटनामा र ट्राफिक नियमको उल्लङ्घन, सामाजिक अभद्र व्यवहार सबैलाई सीसीटीभीको केन्द्रीय कक्षबाटै पहिचान गरेर कारबाही गरिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार