बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

केनको कप्तानीमा विश्व ११ टोली

सोमबार, ३० असार २०७६, २२ : ३६
सोमबार, ३० असार २०७६

एजेन्सी-आईसीसीले इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको ‘टिम अफ दि टुर्नामेन्ट’ अर्थात् विश्व ११ खेलाडी टोली सार्वजनिक गरेको छ । आईसीसीले सोमबार न्युजिल्यान्डका कप्तान केन विलियम्सनको कप्तानीमा ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको हो । टोलीमा इङयान्डका सर्वाधिक चार, न्युजिल्यान्ड, अष्ट्रेलिया र भारतको दुई दुई खेलाडी परेका छन् ।

बंगलादेशका एक खेलाडी परेका छन् । टोलीमा कप्तान केन विलियम्सनसँगै जासन रोय, रोहित शर्मा, रोय रुट, शकिब अल हसन, बेन स्टोक्स, एलेक्स केरी, मिचेल स्टार्क, जोफ्रा आर्चर, लक्की फर्गुसन, जस्प्रित बुम्राह रहेका छन् । टोलीमा १२औं तथा अतिरिक्त खेलाडीमा ट्रेण्ट बोल्डलाई राखिएको छ । आईसीसी अन्र्गत पाँच सदस्यीय छनाट समितिले विश्व ११ टोली घोषणा गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप