शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सूचना प्रणाली परीक्षणका रुपमा लागू गर’

सोमबार, ३० असार २०७६, २२ : ०६
सोमबार, ३० असार २०७६

काठमाडौं-नेपाल चेम्बर अफ कमर्शले वेभमा आधारित केन्द्रीय सूचना प्रणालीलाई आगामी वर्ष परीक्षणका रुपमा लागू गर्न सरकारसमक्ष आग्रह गरेको छ । व्यवसायीमा उक्त प्रणाली लागू गर्नेसम्बन्धी ज्ञानको अभाव रहेकाले चेम्बरले उक्त व्यवस्थालाई आगामी वर्ष परीक्षणका रुपमा लागू गर्न आग्रह गरेको हो । 

आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले प्रस्तावित नयाँ व्यवस्थाबाट व्यवसायीलाई सहजता प्रदान गर्ने भए पनि नगर क्षेत्रभित्रको ढुवानीमा समेत लागू गरिँदा व्यवसायमा थप जटिलता आउनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले अगामी साउन १ गतेदेखि व्यापारिक प्रयोजनका लागि मालवस्तुलाई एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्नुपूर्व कारोवारसम्बन्धी विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश गरेर मात्र ओसारपसार गर्नुपर्ने व्यवस्था लागू गर्न लागेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप