शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक लेलैण्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’

सोमबार, ३० असार २०७६, १९ : ३४
सोमबार, ३० असार २०७६

काठमाडौं– आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ देशभर  संचालन गरेको छ । आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरुमाझ सो अफर ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५%, ल्युबमा १०%, लेबर श्ुाल्क, ३०% साथै ३०% च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् । 

यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद ५ सम्म लागु हुनेछ ।

आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप