शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला शसक्तिकरणको इतिहास, ‘बधाई हो बेटी हुइ हे’

सोमबार, ३० असार २०७६, १९ : २७
सोमबार, ३० असार २०७६

भारत– समाजमा छोरा जन्मदा बधाई दिने तर छोरी जन्मदा बधाई नदिने परम्परा अझै पनि कायम छ ।

मानिसको यस सोच बदल्नको लागि महिला शसक्तिकरणको इतिहासमा भारतमा ‘बधाई हो बेटी हुइ हे’ चलचित्र निर्माण हुने भएको छ । 

भारतको राँचीस्थित सरला विरला स्कूलमा चलचित्रको शुभ मुहुर्त गरिएको छ । पर्यटन तथा कला संस्कृति मन्त्री अमर बावरीले चलचित्रको शुभ मुहुर्त गरेका हुन् । 

चलचित्रको शुभ मुहर्त कार्यक्रममा बोल्दै डा. कुमारण स्वामीले मानिसले पुरानो रुढिवादी परम्परा र धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

आजको दुनियाँमा छोरी पनि कोही भन्दा कम नभएको बताउँदै छोरीलाई पनि छोरा सरह हक अधिकार र व्यवहार गर्नुपर्ने उनले बताए । 

चलचित्रमा यामिनी सृष्टि मुख्य भूमिकामा छिन् भने बुबाको भूमिकामा गजेन्द्र ठाकुर छन् । चलचित्रले छोरीहरुले समाजमा स्थापित हुन गरेको संघर्ष र महिला समानता तथा महिला शसक्तिकरणको इतिहासमा भारतलाई चिनाउँने छ । 

चलचित्रमा बुबाको भूमिका निभाएका अभिनेता गजेन्द्र ठाकुरले छोरीले पनि देशको नाम रोशन गरिरहेको बताए । खेल क्षेत्रमा होस्, गाडी चलाउने होस् या प्लेन चलाउने सबै छोरीले पनि गरिरहेको हुनाले छोरीले सबै गर्न सक्ने उनको भनाइ छ । 

चलचित्रकी अभिनेत्री यामिनी सृष्टिले छोरीलाई छोराभन्दा कम नसम्झि उचित शिक्षाको अवसर दिनुपर्ने बताइन् । साँढे ६ करोड लगानीमा बनिरहेको चलचित्र ‘बधाई हो बेटी हुई हे’ को सुटिङ झारखण्डमा हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप