शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निपुन ह्यान्डसम हंक नेपाल

बिहीबार, २६ साउन २०७४, १७ : ३४
बिहीबार, २६ साउन २०७४

काठमाडौं – ‘ह्यान्डसम हंक नेपाल २०१७’को उपाधि निपुन राज श्रेष्ठले जितेका छन् । २५ प्रतिस्प्रर्धीलाइ पछि पार्दै उनले उपाधि चुकेका हुन् । 


विश्व मिडिया प्रालिले आयोजक रहेको प्रतियोगीतामा फस्ट रनरअप उत्तम राज पाण्डे, सेकेण्ड रनरअप टिमेश श्रेष्ठ भए ।


मस्टपपुलरमा टिमेश श्रेष्ठ, मस्टडिसिप्लिन दिपेन्द्र कार्की, मिस्टर फोटोजेनिक सुबोध पाण्डे, बेस्टफिजिक श्रीकृष्ण श्रेष्ठ, बेस्टवाल्क प्रविन परियार भएको कार्यक्रम युवाहरुको प्रतिभा निखार्ने उद्देश्यले आयोजना भएको आयोजक बिक्रान्त पौडेलले बताए ।


प्रतियोगीताको निर्णायकमा अभिनेत्री संचिता लुइटेल, पत्रकार सुर्य चन्द, कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा र फेसन डिजाईनर अमित झा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप