बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेयरबाट पुँजी परिचालन घट्यो, ऋणपत्रमा कम्पनी र लगानीकर्ताको आकर्षण

सोमबार, ३० असार २०७६, १५ : ५३
सोमबार, ३० असार २०७६

काठमाडौं–यो वर्ष (२०७५÷०७६)  सेयर बजारले राम्रो प्रगती गर्न सकेन । प्राथमिक निष्काशन (आइपिओ) र ऋणपत्रको सार्वजनिक निष्काशनले फड्को मारेपनि कुल सार्वजनिक निष्काशनमा भने कमी आएको छ ।

 एघार महिनामा ५३ संगठित संस्थाले करिब ३५ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रिबाट पुँजी परिचालन गरेका छन् । जुन गत वर्षको तुलनामा १६ प्रतिशतले कम हो । गत वर्ष ४२ अर्बको प्राथमिक निष्काशन भएको थियो । 
तर यस बर्ष ऋणपत्रको भने बाढी आएको छ । एघार महिनामा १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन भएको छ । गत वर्ष ३ अर्ब रुपैयाँ बराबरको मात्र ऋणपत्र निष्काशन भएको थियो । यो ५५२.६७ प्रतिशतले बृद्धि भएको हो ।  यसबाट कम्पनी र लगानीकर्ता दुबै ऋणपत्रमा आकर्षित भएको  देख्न सकिन्छ । 

यद्यपि धितोपत्रको दोस्रो बजारका सुचक भने मिश्रित देखिएका छन् । अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २०९ पुगेको  छ । एघार महिनामा सेयर बजामा ९६ अर्ब ९ करोडको करोबार भएको छ । यो गतवर्षको तुलनामा १५.८५ प्रतिशतले कमी हो । 

बजार पुँजीकरण भने ११.८७ प्रतिशतले बृद्धि भएको छ । एघार महिनामा १५ खर्ब ७९ अर्बको बजार पुँजीकरण भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप