बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

सोमबार, ३० असार २०७६, १३ : ३१
सोमबार, ३० असार २०७६

ललितपुर– जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । 

उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष केशब बहादुर रायमाझीले गरे । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । 

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप