शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुलोमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

सोमबार, ३० असार २०७६, १३ : १९
सोमबार, ३० असार २०७६

दाङ-कुलोमा डुबेर दाङमा एक जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगरा बस्ने हर्कबहादुर खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्री रहेका छन् ।

घर नजीकैको कुलोमा गएराति ९ बजे डुबेका बालकको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । उनको शव सोही अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

बबई नदीले बगाउँदा एक बेपत्ता 

बबई नदीले बगाउँदा बबई गाउँपालिका–१ का वडा सदस्य पूर्णकली विकका बुबा ६० वर्षीय भुपाल कामी भएका छन् । गङ्गटेस्थित वडा कार्यालयबाट भत्ता बुझेर घर फर्कने क्रममा बबई नदी तर्दै गर्दा उनलाई गत असार २७ गते करीब ५ः३० बजे नदीले बगाएको थियो । बेपत्ता भएका कामीको अवस्था अझै अज्ञात रहेको वडासदस्य विकले जानकारी दिए ।
 
विकट वडा भएकाले सञ्चारको पहुँच नहुँदा प्रहरी तथा गाउँपालिकासम्म खबर गर्न पनि समस्या भएको र हिजो मात्र जानकारी गराएको वडा सदस्य विकले बताए । स्थानीयवासीको सक्रियतामा खोजी जारी रहे पनि नदीमा पानीको सतह बढेकाले समस्या भइरहेको उनको भनाइ छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप