केन्द्रीय संस्करण

मोडल प्रेमिकाको चरित्रमाथि थियो शंका, टाउको किचेर गरे हत्या

person explore access_timeअसार ३०, २०७६ chat_bubble_outline1

भारतको महाराष्ट्रको नागपुर जिल्लामा एक युवकले प्रेमिकाको हत्या गरेका छन् । पुलिसले आरोपीलाई पक्राउ गरिसकेको छ । मृतकको पहिचान खुसी परिहारको रुपमा भएको छ । पीडित नागपुरमा बस्छिन् । आरोपी अशरफ शेख उनका प्रेमी हुन् ।

नागपुर पुलिसका एक अधिकारीले शनिबार बिहान पंधुरना–नागपुर हाइवेमा एक युवतीको शव भेटिएको जसको अनुहार नराम्रोसँग किचिएको जानकारी दिए । पुलिसले युवतीको शरीरमा बनेको ट्याटु र सोसल मिडियाको मद्दतले पुलिसको शव पहिचान गरेको हो ।

आरोपीले प्रेमिकाको हत्या गरेको स्विकारेको पुलिसले जानकारी दिएको छ ।

चरित्रमाथि शंका थियो त्यसकारण गरे हत्याः

अशरफ शेखले प्रेमिकाको चरित्रमा शंका लागेका कारण हत्या गरेको पुलिसलाई बताए । प्रहरी अनुसन्धानमा पछिल्लो केही महिनादेखि खुसी र अशरफ लिभ इनमा बसिरहेको पत्ता लागेको छ । मोडलिङमा करियर बनाउने कोसिसमा रहेकी खुसी अबेर राती घर आउनु र पार्टीमा जानु शेखलाई चित्त बुझेको थिएन । खुसीको अन्य युवकसँग अफेयर चलिरहेको भन्ने उनलाई शंका थियो त्यसकारण उनले खुसीको हत्या गर्ने योजना नै बनाए ।

यसरी गराए घटनाः

१२ जुलाई अशरफ आफ्नो कारमा खुसी परिहारलाई लिएर गए । त्यसपछि उनले पान्डुरना–नागपुर हाइवेमा उनको टाउकोमा ढुङ्गा हानेर उनको हत्या गरे । त्यसपछि टाउको किचे । नागपुर पुलिसले हत्याको मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । पुलिसका अनुसार खुसीलाई जगजीत नामका एक व्यक्तिले धर्मपुत्रीको रुपमा पालेका थिए । तर ठूलो भएपछि उनले आमा–बुवाको घर छोडेकी थिइन् ।

कमेन्ट

  1. July 15, 2019, 8:37 p.m. vrishav
    ratopati kripya beer raksi haru ko bigyapan na becha.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...