बसपार्कको होटलबाट पेस्तोलसहित तीन पक्राउ
काठमाडौँको नयाँ बसपार्कबाट तीन जना पेस्तोलसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटेको टोलीले आइतबार साँझ काठमाडौँ महानगरपालिका २६ मित्रनगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटलबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका(४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाण्डौ टोखा बस्ने ३६ बर्षिय सविन खवास छन् ।
उनीहरुको साथबाट बाराट मेड इटाली लेखिएको अटोमेटिक पेस्तोल र पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसमेत बरामद गरेको छ ।
उनीहरुको साथबाट २२० सीसीको बा ६७ प २६६६ र बा ९९ प १३०३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले ललितपुर गोदावरी नगरपालिका–१२ थेचोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने पाँचथर आङसराङका राम बहादुर तामाङ सहित ५ जनलाई नगद ४५ हजार २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा