बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकाएक भारतको महत्वकाँक्षी चन्द्रयान–२ को प्रक्षेपण रद्द

सोमबार, ३० असार २०७६, ११ : ५८
सोमबार, ३० असार २०७६

एजेन्सी । भारतीय अन्तरीक्ष अनुसन्धान संगठन(इसरो)ले प्राविधिक कारणले चन्द्रयान–२ को प्रक्षेपणलाई रोकेको छ । 

प्रक्षपणको लागि काउन्टडाउन पनि सुरु भइसकेको थियो । सामेबार विहान २ बजेर ५१ मिनेटमा चन्द्रयान–२ उडाउने समयतालिका थियो । 

तर इसारोका अनुसार उडानको लागि ५६ मिनेटमात्र बाँकी रहँदा ‘प्रक्षेपण वाहन प्रणाली’मा प्राविधिक समस्या देखियो । यही कारणले सावधानी स्वरुप प्रक्षेपण अहिलेलाई रद्द गरिएको बताइएको छ । 
इसरो अर्को प्रक्षेपण मितिपछि घोषणा गर्ने जानकारी दिएको छ । 

बिहान २ः५१ मा उड्ने योजना अनुरुप काउण्टडाउन भइरहेको अवस्थामा विहान १ः५५ मिनेटमा काउण्ट–डाउन रोकियो । 

त्यसबेला काउण्ड–डाउन स्कृनमा ५६ मिनेट २४ सेकेण्ड बाँकी थियो । इसरोले प्रक्षेपण रद्द भएको आधिकारिक पुष्टि नगरेसम्म केही समय अनौलता छाएको थियो ।

यसअघि पनि जनवरी पहिलो हप्ता उडाउने योजना रहेको चन्द्रयान–२ लाई जुलाई १५ मा उडाउने भनेर समय सारिएको थियो ।

चन्द्रमामा यान ओराल्ने चौथो राष्ट्र बन्ने सपना
चन्द्रयान–१ को सफलतापछि इसारोले चन्द्रयान–२ को योजना बनाएको थियो । ११ वर्ष अघि इसरोले सफलतापूर्वक पहिलो चन्द्र अभियान सम्पन्न गराएको थियो । 

३१२ दिनसम्म चलेर चन्द्रमाको ३४ सय चक्कर लगाएपछि चन्द्रयान–१ले सन् २००९ अगष्ट २९मा काम गर्न छाडेको थियो । तर चन्द्रयान–२ चन्द्रमाको सतहमा अवतरण भने गरेन ।

चन्द्रयान–२ लाई भने चन्द्रमाको सतहमा अवतरण गर्ने हिसाबले बनाइएको छ । ९ अर्ब ७८ करोड भारुको चन्द्रयान–२ चन्द्रमामा सफल अवतरण भएमा भारत चन्द्रमाको सतहमा यान उतार्ने रुस, अमेरिका र चीनपछि चौथो देश हुनेछ ।

चन्द्रयान–२ लाई चन्द्रमाको हालसम्म अपरिचित रहेको दक्षिणी ध्रुवमा अवतरण गराउने र त्यहाँको जानकारी बटुल्ने योजना छ । 

चन्द्रयान–२ भारतीय अन्तरिक्ष कार्यक्रमको लागि निक्कै महत्वपूर्ण मानिएको छ । भारतका राष्ट्रपति रामनाथ कोबिन्द स्वयम हिजो श्री–हरिकोटामा रकेड प्रक्षेपण हेर्न पुगेका थिए । उनको उपस्थितले पनि यसको महत्व दर्शाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप