एनआरएनए नाइजेरियाको अध्यक्षमा रोशन थापा निर्वाचित
नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न सातौ वार्षिक साधारण सभाले सन २०१९- २०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्य समितिको गठन गरिएकाे छ ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भएदेखि एनआरएनए नाइजेरियाले एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफूलाई स्थापित गरेकाे बताए । उनले एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा एनआरएन नाइजेरिया सक्रिय रहेको पनि बताए ।
त्यसैगरी साधारणसभामा आईसिसी महिला उप संयोजक मन थापा , आईसीसी सदस्य चिरन्जिबी रोका , पूर्व अफ्रिका उपसंयोजक विदूर घिमिरे , उपाध्यक्ष वीरेन्द्र गुप्ताले मन्तब्य ब्यक्त गरेका थिए भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गरेका थिए ।
साधारणसभाले सन २००१९-२१ का लागि आइसीसी सदस्यमा विश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता,उर्मिला रोका,सुशील गिरी महासचिवमा अभिषेक मान सिंह , सचिबमा रोहित भाङ्गर ,सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता , सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल ,राजु धिताल ,इन्द्र टन्डन ,बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्बाचित भएका छन ।
कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युबा संयोजकमा फिरोज आलम निर्बाचित भएका छन । त्यसैगरी सल्लाहकारमा हिक्मत थापा , चिरञ्जीवी रोका , बिदुर घिमिरे , संजय थापा र शंकर बर्मा चयन भएका छन् ।
साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा