बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : बाढीले विपन्न बस्तीका नागरिक प्रभावित (फोटोफिचर)

सोमबार, ३० असार २०७६, ११ : १२
सोमबार, ३० असार २०७६

जनकपुर–प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामलाई सुगम र सहजरुपमा हरेक सेवा सुविधा पाउन सकिने स्थलको रुपमा लिइन्छ । 
तर, सोही उपमहानगरपालिकामा यस्तो बस्ती पनि रहेको छ जहाँ सुगम भएर पनि केही बस्तीका नागरिक कष्टकर जीवन जिउन बाध्य छन् । 

लगातारको वर्षापछि उपमहानगरपालिका अन्तर्गत वडा नम्बर २४ मा पर्ने बसहीयामा रहेको विपन्न दलित वस्ती थप कष्टकर दैनिकी गुजार्न बाध्य छ । 

न शौचलाय, न त बास बस्ने घर, न त खानेकुरा छ । बुधबारदेखिको अविरल वर्षाका कारण आफूहरु निकै सकसमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ की २५ वर्षिय पञ्चा देवी दासले बताइन् । 

पछिलो समय उपमहानगरपालिकामा गाभिएको वडा २४ बसाहिया टोलका ५ सय बढी मुसहर समुदाय गूठीको जग्गामा ८ वर्षदेखि बस्दै आएका छन् । वर्षाले गर्भवती, बालबालिका र वृद्धवृद्धा थप प्रभावित बनेका छन् । 

सरकारले ल्याएको जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत होस् भन्ने उद्देश्यले एक महिना अगाडी आवास निर्माण कार्य शुरु गरेको थियो । गत असार ५ गते प्रदेश दुई सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जनता आवास कार्यक्रमको शिलान्यास गरेका थिए । तर वर्षा शुरु हुनुभन्दा अगावै आवास निर्माण सम्पन्न हुन नसक्दा  विपन्न वर्ग अहिले विचल्लीमा परेका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत मुसहर वस्तीमा समेत जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्य भइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप