बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी तेल ट्याङ्करको फिर्ता गर्न बेलायतले राख्यो शर्त

सोमबार, ३० असार २०७६, १० : ३६
सोमबार, ३० असार २०७६

एजेन्सी । ब्रिटिस विदेशमन्त्री जेरेमी हन्टले इरानसँग जारी तनाव कम गर्न आफ्नो कब्जामा रहेको इरानी तेल ट्याङ्कर सशर्त रिहा गर्ने बताएका छन् ।

ग्रेस १ नामक तेल ट्याङ्कर यही महिनाको सुरुमा ब्रिटिस रोयल मरिन्सले जिब्राल्टरको तट नजिक कब्जामा लिएको थियो ।

ग्रेस १ ले सिरियाको लागि तेल बोकेको होइन भन्ने ग्यारेन्टी गरे आफूहरु उक्त तेल ट्याङ्कर छाड्न तयार रहेको ब्रिटिस विदेश मन्त्रीले बताएका छन् । 

तेल ट्याङ्करलाई सिरिया जाँदै गरेको आशंकामा ब्रिटिस मरिन्सले कब्जामा लिएको थियो । युरोपेली संघले सिरिया राष्ट्रपति बशार अल–असादको सरकारसँग व्यापार गर्न प्रतिबन्ध लगाएको छ ।

त्यस अवस्थामा कुनै पनि देशले सिरियासँग तेल व्यापार गर्नु युरोपेली संघको प्रतिबन्ध उल्लंघन हुन्छ ।

सुरुदेखिनै इरानले ट्याङ्कर तत्काल छाड्न भनेको छ । उसले ट्याङ्करमा रहेको तेल सिरिया लाँदै गरेको भन्ने आरोपलाई खण्डन गरेको छ ।

शनिबार शृङ्खलावद्ध ट्वीट् गर्दै हन्टले यस विषयमा आफ्ना इरानी समकक्षी मोहम्मद जावाद जारिफसँग ‘रचनात्मक फोन कल’ भएको बताएका छन् ।

‘जारिफलाई मैले हाम्रो चिन्ता ग्रेस १ को स्रोत राष्ट्र नभएर गन्तव्य राष्ट्र भएको र यदी जहाज सिरिया जाँदैन भनेर प्रत्याभूत गराएमा ब्रिटेनले जहाज छाड्ने सुनिश्चित गराएँ,’ हन्टनले ट्वीटमा भनेका छन् ।

‘इरान यो विषय चाँडै समाधान गर्न इच्छुक रहेको र थप तनाव नचाहेको जारिफले बताएका छन्,’ उनले अर्को ट्वीटमा भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप