शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुख्यमन्त्रीसँग विवादपछि सिद्धुद्वारा पञ्जावको मन्त्री पदबाट राजीनामा

सोमबार, ३० असार २०७६, १० : ३०
सोमबार, ३० असार २०७६

एजेन्सी । भारतीय कंग्रेस नेता नवजोत सिंह सिद्धुले पञ्जाव राज्यमा शासन गरिरहेको अमरिन्दर सिंहको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छन् ।

सिद्धुले ट्वीटमार्फत पञ्जावका मुख्यमन्त्री अमरिन्दर सिंहलाई आफ्नो राजीनामा पठाएका हुन् ।

राजीनामाको ट्वीट गरेको केही मिनेटपछि उनले सन् २०१९ जुन १० को मिति रहेको कंग्रेस अध्यक्ष राहुल गान्धीलाई राजीनामा दिएको पत्र ट्वीट गरेका छन् ।

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंह र सिद्धुबीचको असहज सम्बन्ध पहिलेदेखि मिडियामा आइरहेको थियो । 

यहाँसम्म की पञ्जाव राज्यको लोकसभा चुनावमा कंग्रेसको प्रदर्शन आशा गरे अनुरुप नआउनुमा सिद्धु दोषी भएको बताएका थिए । 

त्यस्तै जुन ६ मा सिद्धुसमेत कयैन मन्त्रीको मन्त्रालय हेरफेर गरिएको थियो ।  मन्त्रालय बदलिएपछि सिद्धुले मन्त्रिमण्डलको बैठकमा भाग लिन छाडेका थिए । उनले आफूमाथि व्यक्तिगत रिसिइबी साधिएको आरोप लगाएका थिए ।

सिद्धुले भनेका थिए, ‘मेरो विभागमाथि सार्वजनिक रुपमा निशाना साँधिदैछ । मैले सधैँ उनलाई दाई मान्दै आएको छु तर पछिल्लो हर्कतले दुःख लागेको छ । सामूहिक जिम्मेदारी भन्ने कुरा खै ?’

सिद्धुले पहिले स्थानीय शासन मन्त्रालय हेरिरहेकामा फेरबदलपछि उनलाई बिजुली र नवीनीकरण उर्जा विभागको नेतृत्व दिइएको थियो ।

मन्त्रालय फेरबदलपछि सिद्धूले नयाँ मन्त्रालयको कार्यभारनै नसम्हालेको बताइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप