यी सेलिब्रिटीले नैतिक जिम्मेवारीका कारण करोडौंको विज्ञापन गरे अस्विकार
फिल्म इन्डष्ट्रिमा ग्ल्यामरले यस्तो जरा गाडेको छ कि अब यी एक सिक्काका दुई पाटाजस्तै बनेका छन् । यसै ग्ल्यामरको फाइदा उठाउछन् फिल्मी क्षेत्रका सेलिब्रिटी । थुप्रै बलिउड सेलिब्रिटी ठूला ब्रान्डको प्रोमोट गर्छन् । यस्तै कोही सेलिब्रिटी भने विज्ञापन छान्ने विषयमा यति सजग हुन्छन् कि उनीहरु पैसा मात्रै नभई यसको प्रभाव बारे पनि सोच्छन् । आज त्यस्तै खेलाडीबारे कुरा गरौंः
अक्षय कुमारः
यसमा कुनै शंका छैन कि अक्षय कुमार विभिन्न विज्ञापनमा हिस्सा हुन् । तर जब मौलिक दायित्वको कुरा आउँछ तब उनी यसबाट पछि हट्छन् । उनलाई एकपटक एउटा पान मसलाको विज्ञापनको अफर पनि आएको थियो । तर उनले यसको हिस्सा बन्नबाट अस्विकार गरेका थिए ।
अमिताभ बच्चनः
बलिउड मेघास्टार अमिताभ बच्चन फिल्म इन्डष्ट्रिमा लामो समयदेखि सक्रिय छन् । यसबाहेक उनी विज्ञापनकामे दुनियाँमा पनि लगातार देखिन्छन् । उनी थुप्रै ब्रान्डका एम्बेसडर हुन् । एक समय अमिताभ सफ्ट ड्रिङ्क्सको निकै प्रचार गर्दथे । तर यसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने भन्दै उनले यसको विज्ञापन गर्न बन्द गरे ।
आमिर खानः
आमिर खान ती सेलिब्रिटीमा समावेश छन् जो विज्ञापनबाट टाढै छन् । उनी ती विज्ञापन मात्रै गर्छन् जसले समाजमा जागरुकता फैलाउँछ ।
रणबीर कपुरः
फिल्म इन्डष्ट्रिमा रणबीर एक शानदार नायकको रुपमा परिचित छन् । रणबीरलाई एकपटक फेयरनेस ब्रान्डको विज्ञापनको अफर गरिएको थियो तर उनले उक्त विज्ञापन अस्विकार गरेका थिए ।
कंगना रनौतः
कंगना रनौत पनि रंगभेदी विषयमा निकै सजग छिन् । उनले पनि फेयरनेस ब्रान्डलाई प्रोमोट गर्न अस्किार गरेकी थिइन् ।
साई पल्लवीः
साई पल्लवीले एक विज्ञापन कम्पनीलाई प्रोमोट गर्नबाट अस्विकार गरेका थिए । उनले एक फेयरनेस क्रिमको विज्ञापन गर्न अस्विकार गरेका थिए । यसका लागि उनले २ करोड भारु अफर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक