शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूजिल्यान्डका कप्तान केनलाई ‘म्यान अफ द सिरिज’

सोमबार, ३० असार २०७६, ०८ : ४९
सोमबार, ३० असार २०७६

एजेन्सी । न्यूजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते । 

सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए । 

यसैगरी सर्वाधिक रन बनाउने खेलाडी भारतका रोहित शर्मा बने । रोहितले ९ खेलमा पाँच शतक, एक अर्धशतक सहित ६ सय ४८ रन बनाएका थिए । 

सर्वाधिक विकेट लिने खेलाडीको पुरस्कार अष्ट्र«ेलियाका मिचेल स्टार्कले जिते । मिचेलले १० खेलमा २७ विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप