बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा डुवानमा परेर दुई बालक बेपत्ता

आइतबार, २९ असार २०७६, २२ : ०३
आइतबार, २९ असार २०७६

महोत्तरी-अविरल वर्षाका कारण आएको डुवानमा परेर महोत्तरीका २ बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार  जलेश्वर नगरपालिका वडा नम्बर ८ बस्ने १२ वर्षीय प्रशान्त ठाकुर र १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका हुन् । बेपत्ता भएका बालकहरू नगरपालिकाको कार्यालयभन्दा १ सय मिटर अगाडि रहेको कल्भर्टबाट हराएका हुन् । 

त्यस्तै बाढीका कारण शुक्रबारदेखि हराएका महोत्तरी बल्बा नगरपालिका वडा नम्बर २ बस्ने ७० वर्षीय हनिफ पैठाको शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित रातो नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप