लुम्बिनी विकास बैंक र जिएमई रेमिट बीच विप्रेषण सम्झौता
आइतबार, २९ असार २०७६, १९ : ०६
काठमाडौं– लुम्बिनी विकास बैंक र जि. एम. ई रेमिटबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार लुम्बिनी रेमिट बाट पठाएको रकम ग्राहकहरुले जि. एम. ई रेमिटको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्नेछन् ।
साथै स्वदेश तथा विदेशबाट जि. एम. ई रेमिट मार्फत पठाएको पैसा ग्राहकहरुले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र जि. एम. ई रेमिटको तर्फबाट प्रमुख सञ्चालन अधिकृत प्रमोद मान सिंह बस्नेतले संयुक्त रुपमा हस्ताक्षर गरे ।