बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीको विपत्तिमा बकैया पुलमा अवैध रुपमा रकम असुलिँदै

आइतबार, २९ असार २०७६, १८ : ५७
आइतबार, २९ असार २०७६

रौतहट– प्राकृतिक विपदीको समय मानवीय नाताले पनि एक अर्काको सहयोग गर्ने सामाजिक चलन रहेको छ । तर समाजमा केही मानिसले जुनसुकै अवस्थामा पनि मानिसलाई बाध्य बनाएर आफनो दुनो सोझयाउने गर्दछन् । त्यसको प्रत्यक्ष उदाहरण बनेको छ, रौतहटको कटहरिया १ पोखरभिण्डा,गर्जाघाटस्थित लालबकैया नदीको पुल ।

कटहरियातर्फको पुलछेउमा स्थानीय केही युवाहरुले आउने जाने प्रत्येक ब्यक्तिसँग जनही ५० रुपैयाँ असुल्ने गरेका छन् । चार दिनको अबिरल बर्षासँगै आएको बाढीले पुलको पूर्वी छेउको केही माटो बगाएको छ ।
माटो बगेर खाली भएको ठाँउमा दुई–तीनवटा बाँसको अस्थाई साँघुजस्तो बनाएर कटहरिया १ का राजकुमार कुश्वाहाका छोरा सन्तोष कुश्वाहा, रामाज्ञा महतोका छोरा अशोक कुश्वाहा, धुपलाल महतोका छोरा राजेश कुश्वाहाले जनही ५० रुपैया असुलिरहेका छन् ।

जिल्लाको पश्चिमी भेग जाने आउने मुख्य बाटो कटहरिया घाटको लालबकैया पुलछेउको बाटो बगाएपछि अहिले आउने जाने मुख्य बाटोको रुपमा गर्जाघाट बनेको छ । उक्त समूहले बलपूर्वक सो बाटो भई आउने जाने सयौं मानिससँग जनही ५० रुपैयाँको दरले अशुल गरिरहेपनि स्थानिय प्रशासन मौन रहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खडकाले पुलको नाउमा अबैध रुपमा रकम असल गरिरहेकाहरुमाथि कानुन बमोजिम कार्वाही हुने बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप