बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलोपटक माइक्रोवेभ एब्लेशनबाट मृगौलाको ट्युमरको उपचार

आइतबार, २९ असार २०७६, १७ : १६
आइतबार, २९ असार २०७६

काठमाडौं– ॐ अस्पताल तथा रिसर्च सेन्टरमा नेपालमा पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ ।

ॐ अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले आइसियु तथा एनेस्थेसिया बिभागका डाक्टरहरुसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गरे ।

उनको दाहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा ॐ अस्पतालका युरोलोजि बिभागका प्रमुख प्रा.डा.भोलाराज जोशीको टिम संलग्न रहेको थियो ।
प्रा.डा. जोशीले यस किसिमको प्रोसिडियोर स्लो ग्रोइङ ट्युमरहरुकालागि र निकै साना साइजका ट्युमरहरुको उपचारकालागि अत्यन्त प्रभावकारी रहेको बताउनु हुँदै यस किसिमका समस्याको निदान र उपचारकालागि ॐ अस्पतालमा आउन आग्रह गरे ।

एब्लेशन भनेको शरिरको भित्रि अङ्गहरुको ट्युमरका तन्तुहरुलाई तातोले डामेर वा चिस्याएर मार्ने प्रोसिडियोर हो । यो प्रोसिडियोर उमेरका कारणले, मुटुको समस्याका कारणले लगायतका बिबिध कारणले अप्रेशन गर्न नमिल्ने अबस्थाका बिरामीहरुको उपचारको बिकल्पको रुपमा गर्ने गरिन्छ ।

एब्लेशन ट्युमरको साइज निश्चित सीमाभित्र रहेको अवस्थामा मात्र गर्न सकिने डा. थापाको भनाई छ । बिभिन्न कारणले सर्जरी गर्न नमिल्ने अबस्थाका बिरामीहरुको उपचारकालागि बिकल्पका रुपमा प्रयोग गरिने यस प्रोसिडियोरमा अल्ट्रासाउण्ड र सिटि स्क्यानका लाईभ तस्वीरहरु हेर्दै, प्रोब (बिशेष किसिमको सुई) को माध्यमबाट एब्लेशन मेसिनको बिशेष यन्त्रलाई ट्युमरसम्म पुर्याएर ट्युमरका तन्तुहरुलाई डामेर बा चिस्याएर मार्ने गरिन्छ । 

एब्लेशन बिशेष गरी कलेजो तथा फोक्सोको उपचारमा प्रयोग गरिने गरिदै आएकोमा पछिल्लो समयमा मृगौला, फोक्सो, स्तन, पाठेघरका ट्युमरको उपचारकालागि समेत प्रयोग गरिन थालिएको छ । यो नयाँ अध्ययनहरुपछि आएको सफल बिषय हो ।

कलेजो तथा फोक्सोको ट्युमरको उपचारकालागि यस किसिमका एब्लेशन पहिले गरिसकिएको भएपनि मृगौलामा रहेको ट्युमरको उपचारकालागि भने नेपालमा पहिलोपटक ॐ अस्पतालमा यो प्रोसिडियोर गरिएको डा। अजित थापाको दाबी छ ।

उनले यो प्रोसिडियोर सफल बनाउन साथ दिनुहुने प्रा. डा. जोशीको टिमका युरोलोजिष्ट डा. सुजित पौडेल, एनेस्थेसिया तथा क्रिटिकल केयर मेडिसिनका डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. उत्सव आचार्य लगायतका सबैप्रति कृतज्ञता ब्यक्त गरेका छन् ।

दुई दशक अघिदेखी नेपालको स्वास्थ्य उपचार क्षेत्रमा नीजि क्षेत्रबाट योगदान दिँदै आएको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा दक्ष अनुभवि र ख्यातिप्राप्त चिकित्सकहरुको टोली, नर्सिङ स्टाफहरु सँगै बिश्वस्तरिय उपचार उपकरणहरुको उपलब्धताले यस किसिमका जटिलतम प्रोसिडियोरहरु पनि सहज हुने गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजि कार्कीले बताए । 

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. के.पि. देबकोटाले स्वास्थ्य समस्याको निदान र पहिचानका लागि अस्पतालमा रहेको दक्ष तथा अनुभबि बिशेषज्ञ सहितको अत्याधुनिक रेडियोलोजि तथा ल्याबोरेटरी, उपचारका क्रममा आउने जटिलता तथा सघन उपचरको जुनसुकै आवश्यकता पुरागर्न अत्यन्त दक्ष सघन उपचार बिशेषज्ञको नेतृत्वमा संचालित बिश्वस्तरिय सघन उपचार कक्ष (आइसियु रहेकाले यस किसिमका जुनकुनै चुनौतीहरु सामना गर्न सहज भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप