शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भब्सी पुलमा एक हप्तामा बेलिब्रिज सञ्चालनमा आउने

आइतबार, २९ असार २०७६, १७ : १०
आइतबार, २९ असार २०७६

बर्दिबास– अविरल वर्षाका कारण महोत्तरीको भब्सीखोलामा पानीको बहाव बढेपछि पूर्वपश्चिम—राजमार्ग अन्र्तगत पर्ने भब्सी नदीको पुल भत्किएर शनिबार राति अवरुद्ध सडक भएको थियो । अवरुद्ध सडकको वैकल्पिक मार्ग खोज्दै शनिबार  बिहान गौशला— औरहीबाट यातायात सुचारु गरिएको भएपनि आइतबार वर्षा नभएर नदिमा पानीको बहाब कम हुँदा भब्सीखोलाबाटै डाइभर्शन गरी यातायात सुचारु गरिएको छ । 

डाइभर्सन नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यलय जनकपूरको संयुक्त प्रयासमा गरिएको हो । डाइभर्सनबाट खोलिएको बाटोबाट ठूला तथा साना सवारी साधन चलिरहेको छ । 

त्यसैगरी भत्किएको पुलमा बेलिब्रिज लगाएर बाटो पून सुचारु गर्न बेलिब्रिज लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जनकपूरले जनाएको छ । बेलिब्रिजको सामान सडक डिभिजन कार्यलय लहानबाट ल्याइएको छ भने बेलिब्रिज लगाउने प्राविधिक काठमाडौंबाट मगाइएको छ । बेलिब्रिजबाट यातायात सञ्चालनमा ल्याउन १ हप्ता समय लाग्ने  प्राविधिकहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप