शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रानी मुखर्जी र आदित्य चोपडाले छोडे यश चोपडाको बंगला, नयाँ घरमा छोरी आदिरालाई हुर्काउने

आइतबार, २९ असार २०७६, १३ : ०७
आइतबार, २९ असार २०७६

आदित्य चोपडा र रानी मुखर्जीले जुहुस्थित यश चोपडाको बंगला छोड्ने निर्णय गरेका छन् । उनीहरु आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् । यो जोडीले आफ्नो पुरानो घर नजिकै विलासी घर खरिद गरेका छन् । उनीहरुले छोरीको उचित लालनपालन र आफू अनुसार जीवनयापनका लागि नयाँ घर किनेको बताइएको छ ।

आदित्य आफूले भनेजसरी डिजाइन गर्न चाहन्छन् घरः

भारतीय मिडियाका अनुसार उक्त पैतृक घरमा दुई भाइको वाल्यकाल बितेको छ । आदित्य–रानी लामो समयदेखि छुट्टिने योजनामा थिए । आदित्य आफ्नो तरिकाले घर डिजाइन गर्न चाहन्थे । यस्तै दुबैले आफ्नै तरिकाले छोरीलाई हुर्काउन चाहन्छन् । यसै कारण उनीहरुले छुट्टै घर लिएका छन् । नयाँ घर यश चोपडाको बंगला नजिकै छ त्यसकारण चाहेको समयमा आमा पामेला चोपडालाई तत्काल भेट्न जान सक्छन् । यश चोपडाको बंगलामा आदित्य, श्रीमती रानी, छोरी आदिरा, आमा र भाइ उदय चोपडासँगै बस्दथे ।

रिपोर्टलाई मान्ने हो भने आदित्य–रानीले नयाँ घरको उद्घाटन पनि गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप