शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रमामा मानव अवतरणको ५० वर्षः कसरी फैलियो अवतरण झुटो हो भन्ने हल्ला

आइतबार, २९ असार २०७६, १३ : ०१
आइतबार, २९ असार २०७६

रिचर्ड गोडवीन/द गार्जियन

सन् १९६९ मा निल आर्मस्ट्रङ र बज अल्ड्रिनलाई चन्द्रमा पु¥याउनको लागि चार लाख नासा कर्मचारी र कामदार लागेको थियो तर यो सबै झुट हो भन्ने हल्ला फैलाउन जम्मा एक जना व्यक्ति प्रयाप्त भए । उनको नाम हो, बिल केसिङ ।

बिल केसिङलाई सुरुदेखि नै अमेरिकासँग चन्द्रमा जान र गएर फर्किने प्राविधिक सामर्थ्य छैन भन्ने लागेको थियो । केसिङलाई सुरुमा चन्द्रमामा मानव अवतरण भनेर संसारभर देखाइएको भिडियो र तस्वीर पृथ्वीमै सुटिङ गरिएको ‘हो कि’ लागेको मात्र थियो । तर त्यो सोचपछि ‘पक्का विश्वास’ मा बदलियो ।

खासमा केसिङ आफैले पनि सन् १९५६ र १९६३ बीच अमेरिकाको अन्तरिक्ष कार्यक्रममा अप्रत्यक्ष योगदान पु¥याएका थिए । त्यो अवधिमा उनले काम गर्ने रकेट–डाइन भन्ने कम्पनीले स्याटर्न पाँचौँको रकेट इन्जिन डिजाइन गर्न सघाएको थियो ।

सन् १९७६ मा, उनले आफ्नै प्रयासले एउटा प्याम्लेट छापे । ‘वी नेभर वेन्ट टू द मूनः अमेरिका थर्टी बिलियन डलर स्वीण्डल’ नामको प्याम्लेटमा उनले विभिन्न सिद्धान्त अघि सारेर उनको तर्कको प्रमाण दिन खोजेका छन् ।

विगतमा केसिङले आफ्नै प्रयासले प्याम्प्लेटलाई फोटोकपि गरेर कठिनाइका साथ प्रचार गरेका थिए तर पछिल्लो समय केसिङका धारणालाई विस्तार गर्ने इन्टरनेट बलियो हतियार बनेको छ ।

आजकल चन्द्र अवतरण जाली थियो भनेर शंका गर्नेमा जो रोगनदेखि यूट्युबर शेन डसनसम्म अघि आएका छन् । अघिल्लो वर्ष न्यु जर्सीका एक समाजशास्त्रका प्रद्यापक आफ्नो विद्यार्थीलाई चन्द्रमामा मानव अवतरण भएकै थिएन भनेर पढाएपछि चर्चामा आएका थिए ।

‘इन्टरनटले अहिले जो कोहीलाई आफ्नो मनमा लागेको कुरा ठूलो समुदायमा पु¥याउन सक्ने मञ्च प्रदान गरेको छ,’ नासाका पूर्व प्रमुख इतिहासकार रोजर जुनिसले दिक्क मान्दै भन्छन्, ‘खासमा धेरै अमेरिकी षडयन्त्रवादी सिद्धान्तमा रुचि दिन्छन् । तिनको विचारमा हरेक घटनाको प्रतिरोधी व्याख्या हुन्छ भन्ने छ ।’

चन्द्रमामा मानव अवतरण भएकै थिएन भन्ने हल्लाले विश्वभर असर गरेको छ । हालै ‘यू–गभ’ले गरेको एक अध्ययनमा प्रत्यक ६ मध्य एक बेलायतीमा ‘चन्द्र अवतरण पृथ्वीमै फिल्माकंन गरिएको’ भन्ने धारणा पाइएको थियो । चार प्रतिशतले चन्द्रमा अवतरण सम्बन्धी षडयन्त्र सिद्धान्त ‘पूर्ण रुपमा सही’ हो भनेर विश्वास गरेको पाइँदा १२ प्रतिशतले यो ‘सत्य हुनसक्ने’ र थप नौ प्रतिशतले आफूले यसबारेमा कुनै ‘धारणा बनाउन नसकेको’ देखाएको छन् ।

चन्द्रमासँग जोडिएर फैलाइएको यो हल्लामा विश्वास गर्ने धेरै युवा छन् । सोही अध्ययनमा ५५ वर्षमाथिका १३ प्रतिशतले चन्द्रमा अवतरण सुनियोजित रुपमा झुटो थियो भनेर विश्वास गर्दा २४ वर्षदेखि ३५ वर्षबीचका २१ प्रतिशतले विश्वास गरेका थिए ।

केसिङको आशंका यो अवस्थासम्म विकराल बनेको छ ।

केसिङले चन्द्रमामा मानव अवतरणका तस्विरका आधारमा अवतरणको सत्यतामाथि प्रश्न उठाएका थिए । उनका प्रमुख प्रश्न थिए– तस्विरमा किन कुनै पनि तारा देखिएका छैन ? जुन ठाँउमा अन्तररिक्षयान अवतरण भएको त्यसमुनिको जमिनमा खाल्डो बन्नु पर्ने हो तर किन छैन ? तस्वीरमा किन अस्वभाविक छायाँ छ ?

सम्बन्धित व्यक्तिले यसको जवाफ नदिएका होइनन् । आशंका निवारण गर्न खोज्नेले बताए अनुसार क्यामेराको एक्पोजर समयका कारण तस्वीरमा तारा नपरेको हो, हावा नभएको शून्यमा अन्तरिक्षयान अवतरण गर्दा दबाब अलग हुने भएको सतहमा खाल्डो नपरेको हो र चन्द्रमाको जमिनले फरक रुपमा प्रकाश प्ररावर्तन गर्ने भएकाले छायाँ अस्वभाविक भएको हो भनेका छन् । यी व्याख्या, चन्द्रमाबाट ल्याइएको डुँगा र अन्य कयैन कुराले पनि चन्द्रमामा मानव अवतरण जाली थियो भन्नेहरुको चित्त बुझाउन सकेको छैन ।

सन् २००५ मा मृत्यु हुन अघिसम्म पनि केसिङ चन्द्रमामा मानव अवतरण जाली थियो र त्यो सबै ठूलो स्टुडियोमा फिल्माकंन गरिएको थियो भन्ने धारणामा अडिग थिए ।

‘हामीलाई थाहा भएको कुरा हो, नासाको व्यवस्थापन न्यूनस्तरको छ र त्यहाँको गुणस्तर एकदम कमजोर छ,’ उनले सन् १९९४ मा वायर्डसँगको कुराकानीमा भनेका थिए, ‘ त्यस्तोमा एकाएक सन् १९६९ मा हामीले एकपछि अर्को मानव सहितको यान कसरी चन्द्रमामा पु¥याउन सक्यौँ ? त्यो पनि सबै सफलताका साथ ? तथ्याङ्क ख्याल गर्दा यो सबै मिल्दैन ।’

उनको तर्क केही हदसम्म सही पनि थिए । सन् १९५७ अक्टोबरमा सोभियत संघले स्पुतनिक प्रक्षेपण गर्यो । त्यसको एक महिनापछि लाइका नामक कुकुर राखेर स्पुतनिक–२ प्रक्षेपण भयो । त्यो समयसम्म अमेरिकाको अन्तरिक्ष कार्यक्रम छँदै थिएन भन्दा पनि हुन्छ । किनकि त्यसको एक वर्षपछि सन् १९५८ मा नासाको स्थापना भएको हो ।

स्थापनाको तीन वर्षमै उसले एलान शेपर्डलाई अन्तरिक्ष पु¥यायो । त्यसपछि तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अमेरिकाले ‘६० को दशक सकिनुभन्दा अघि नै मानिसलाई चन्द्रमामा मावन अवतरण गराएर सुरक्षित पृथ्वी फर्काउन प्रतिबद्धता’ गरेका थिए ।

अमेरिकाले नासामा ठूलो रकम प्रयोग गर्न थाल्यो । सन् १९६० को दशकको मध्यसम्म अमेरिकाको संघीय बजेटको ४ प्रतिशत नासा एक्लैलाई दिइन थालेको थियो । 

तर यति लगानीको बाबजुद अन्तरिक्षामा नयाँ–नयाँ रेकर्ड राख्ने मामिलामा सोभियत संघनै अगाडि देखिइरहेको थियो । रेकर्डमध्य सन् १९६३ मा पहिलो महिला अन्तरिक्षयात्री भ्यालेन्टिना टेरेस्कोभाले राम्रो चर्चा पाइन् । अर्को महत्त्वपूर्ण रेकर्ड सन् १९६५मा बन्यो जब अन्तरिक्षमा खगोलयात्री अन्तरिक्षयान बाहिर पहिलो पटक हिँडे ।

तर उता अमेरिकाले भने त्यो समयमा असफलता भोगिरहेको थियो । यसमा सबैभन्दा खराब असफलता एपोलो १ को दुर्घटना रह्यो । उक्त यान प्रक्षेपणको समयमा लञ्चप्याडमा आगलागी हुँदा यानमा सवार तीनै अन्तरिक्षयात्रीको ज्यान गएको थियो ।

यी असफलताबाट सिक्दै नासाले सन् १९६८ मा मानवरहित एपोलो ८ अन्तरिक्ष यान चन्द्रमा पु¥यायो । यान चन्द्रमालाई चक्कर लगाएर फर्कियो ।

अब सबैभन्दा गाह्रो भाग मानिसलाई चन्द्रमा सतहमा ओराल्नुलाई कार्यन्वयनमा उतार्नु थियो । यो कार्य कठिन रहेको निल आर्मस्टङ आफैले स्वीकारेका थिए ।

एक समय चन्द्रमाको सतहमा अवतरणको कठिनाईलाई १ देखि १० अंकमा मापन गर्न भन्दा निल आर्मस्ट्रङले १३ अंक जवाफ दिएका थिए ।

तर यदी चन्द्रमा अवतरण पृथ्वीमै हलिउड स्टुडियोमा सुटिङ गरिएको थियो भने ५० वर्षमा कुनै न कुनै नासा कर्मचारीले कुरा ‘फुस्काउनु’ पर्ने हो । अझ त्यो पृथ्वीमै सुटिङ गरिएको थियो भने त्यसलाई साँचो देखाउन सन् २०१९ मा प्रयोग हुने स्तरको स्पेसल इफेक्ट नासासँग सन् १९६९ मै थियो भनेर मान्नु पर्ने हुन्छ ।

चन्द्र अवतरणको हल्लाको पुनरोदय

चन्द्र अवतरण झुटो थियो भन्ने हल्ला बीचमा सेलाएको थियो । यसलाई ब्युताउने काम गर्यो, सन् २००१ मा फक्स न्युजमा प्रसारण भएको ‘चन्द्रमामा हामी गएका थियौँ ?’ वृत्तचित्रले ।

त्यस वृत्तचित्रमा गरिएको अधिकांश तर्क केसिङकै तर्कको पुनरोक्ति थियो । चन्द्रमामा अमेरिका गएकै थिएन भन्ने हिसाबले प्रस्तुत भएको वृत्तचित्र फक्स न्युजमा प्रसारण भएपछि केसिङको हल्लाले मुलधार प्रवेश गर्यो । 

यस हल्लालाई फैलाउन जेम्स बोण्ड फिल्मको पनि केही भूमिका छ । सन् १९७१ मा आएको जेम्स बोण्ड फिल्म ‘डायमण्ड आर फरएभर’मा अभिनेता सिन कोनेरी एक दृश्यमा लस भेगासको एउटा क्यासिनो पछाडिबाट भाग्ने क्रममा चन्द्र धरातलमा अवतरणको सुटिङ भएजस्तो स्थानमा पुग्छन् ।

फिल्ममा अन्तरिक्ष यात्रीको कपडा लगाएका मानिस ठ्याक्कै चन्द्रमा जस्तो देखिने सेटमा हिँड्डुल गरिरहेका देखिन्छन् । त्यसले चन्द्रमाको अवतरण पृथ्वीमै नक्कल गर्न सकिन्छ भन्ने मानिसमा पार्यो ।

त्यसको केहीपछि अमेरिकामा चर्चित वाटरगेट काण्ड भयो । त्यस काण्डपछि आम जनतामा सरकारले आमजनतालाई कतिसम्म गुमराहमा राख्छ भन्ने कुरा विश्वनीय देखिन थाल्यो । 

एपोलो अभियान सन् १९६० को दशकमा आशाको प्रतिक मानिन्थ्यो । तर सन् १९७० को दशकमै त्यो निराशामा परिणत भइसकेको थियो ।

‘यदी हामी चन्द्रमामा मानिस पु¥याउन सक्छौँ भने फलानो काम किन गर्न सक्दैनौं ?,’ भन्ने अभिव्यक्ति आम अभिव्यक्ति हुन थाल्यो । सरकारले त्यति असम्भव लाग्ने काम गर्दा गरिबी, अपराधजस्ता हामी माझका समस्या किन हटाउन सक्दैन भन्ने कुरामा मानिस आक्रोश पोख्न थाले ।

प्रारम्भिक षड्यन्त्रवादी सिद्धान्तकार यही आक्रोशबाट प्रेरित भएको मान्न सकिन्छ तर आजकल ‘बोर’ भएका मानिस यो हल्ला फैलाइरहेका छन् । यो हल्लाबाट चिढिएर चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति बज अल्र्डिनले त यसप्रति आशंका व्यक्त गर्ने वार्ट सिब्रेललाई सन् २००२ मा मुक्कानै हानिदिएका थिए ।

अर्को ख्याल गर्नुपर्ने कुरा ती दिन अमेरिका र सोभियत संघ शीत युद्धमा थिए । यदी यो झुटो हुन्थ्यो भने सोभियत संघले त्यसलाई बाहिर ल्याउन हरमज्दुर प्रयास गर्ने थियो । त्यसको लागि उसँग स्रोत पनि थियो ।

‘त्यो दिन हामी सोभियत सैन्य आधार ३२१०३ मा थियौँ,’ रुसी खगोलयात्री एलेक्सी लियोनोभले हालसालै त्यो बेलाको स्मरण गर्दै भने, ‘म भगवानलाई साक्षी राखेर भन्न सक्छु, हामी सबै जना अमेरिकी उक्त अभियानमा सफल हुन् भन्ने कामना गरेका बसेका थियौँ । अन्तरिक्षयानमा बसिरहेका यात्रीलाई हामीले चिनेका थियौँ र तिनले पनि हामीलाई चिनेका थिए ।’

‘समय बित्दै जाँदा घटनाहरु इतिहासको गर्भमा हराउँदै जान्छ, त्यसपछि मानिसमा हल्लाप्रति विश्वास बढ्ने हो कि,’ लोनियसले चिन्ता गर्दै भने, ‘हामीले दोस्रो विश्व युद्ध र यहुदी नरसंहार प्रत्यक्ष भौग्यौँ ।

तर प्रत्यक्ष भोग्ने घट्दै छन्, यही समयमा कयैनले ती घटना भएको थियो भनेर आशंका व्यक्त गर्न थालेका छन् । घटना प्रत्यक्ष भोग्ने नभए पछि सत्यको प्रतिरक्षा गर्ने कम हुने रछेछन् । त्यसपछिको अवस्थामा मिथक विकास हुने र त्यसले प्रधानता लिने रहेछ ।’

यसमा यस्तो असम्भवजस्तो लाग्ने कार्य पनि हामीले गर्यौं भन्ने अविश्वासले यो विचार विकास गरेको होला । वर्तमान समय हामी आफूप्रतिकै विश्वासमा ह्रास आएको छ ।

अमेरिका सन् २०२४ मा पुनः चन्द्रमा फर्कने योजनाका साथ अघि बढिरहेको छ । त्यस अवस्थामा, चन्द्रमा षडयन्त्रको सिद्धान्तलाई मंगल ग्रहको षड्यन्त्र सिद्धान्तले विस्थापित गर्न सक्छ ।

यद्यपि चन्द्रमा अवतरणको षड्यन्त्रको सिद्धान्तले अपोलो वैज्ञानिकप्रति एक हिसाबले सम्मान पनि हो ।

‘एक हिसाबमा, चन्द्रमामा मानव अवतरणबारे हल्ला फैलाउनेले एपोलो अभियानलाई यति धेरै गम्भिर लिएका छन् कि त्यति त चन्द्रमा अवतरणमा विश्वास गर्ने मानिसले पनि विश्वास गरेका छैनन,’ मोर्टनले भने ,‘यसबाट तिनले यसलाई ठूलो घटना मानेको थाहा हुन्छ । तिनले एपोलो अभियानले साँच्चै अर्थ राख्थ्यो भनेर सोच्छन् ।’

तर सत्य कुरा के हो भने चन्द्रमामा मानव अवतरणले पृथ्वीमा मानिसको जीवन तात्विक कुनै सुधार ल्याएन । त्यस कुराको असन्तुष्टि कतै न कतै हल्लाबाट व्यक्त गरिएको मान्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप