बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भानु जयन्तीमा राष्ट्रकविलाई सम्मान, रथारोहण गराइयो (तस्बिरहरु)

आइतबार, २९ असार २०७६, १२ : ५३
आइतबार, २९ असार २०७६

काठमाडौं–२०६ औं भानुजयन्तीको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

 भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरियो । 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् । 

भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तिको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रद्धारा सम्मान गरेको हो ।

 त्यस अवसरमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे । 

कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । 

उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे । राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे । 

यसअघि भानु जयन्तिकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण गराइएको थियो । त्यसैगरी काठमाडौंको कमलादीस्थित भानुभक्तको शालिकमा माध्याअर्पण समेत गरिएको थियो । माल्याअर्पण समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यिक व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 आदिकवि भानुभक्त आचार्यले लेखेको बधु शिक्षा, प्रश्नोत्तर लगायतका साहित्यिक कृतिहरु नेपाली भाषीका लागि आज पनि उत्तिकै प्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप