बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमीसँग नग्न फोटोसुट गरेर यी नायिकाले मच्चाएकी थिइन् बबाल, १४ वर्षसम्म अदालतमा चलेको थियो मुद्दा

आइतबार, २९ असार २०७६, १२ : ०९
आइतबार, २९ असार २०७६

पूर्व मिस इन्डिया एवं ९० की दशककी चर्चित मोडल मधु सप्रे १४ जुलाईमा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । मधु सप्रेले सन् १९९५ मा आफ्ना प्रेमी मिलिन्द सोमनसँग नग्न फोटोसुट गरेकी थिइन् । उनको जन्मदिनको अवसरमा उनीबारे विभिन्न तथ्यबारे जानकारी लिऔंः

सन् १९९२ मा मिस इन्डियाको उपाधि जित्ने मधु सप्रेको जन्म  सन् १९७१ को जुलाई १४ तारिखमा भएको थियो ।

मधु सप्रेले सन् १९९५ मा आफ्ना प्रेमी मिलिन्द सोमसँग एउटा जुत्ताको विज्ञापनका लागि नग्न फोटोसुट गराएकी थिइन् । यतिबेला यी दुईले जुत्ताबाहेक केही लगाएका थिएनन् । उनीहरुको नग्न शरीरमा अजिंगर बेरिएका थिए ।

मधु र मिलिन्द सोमनविरुद्ध कानूनी पत्रसमेत काटिएको थियो । वास्तवमा यो विज्ञापनमा अजिंगरको प्रयोग गरिएको थियो । दुबैविरुद्ध वन्यजन्तु सुरक्षाको तर्फबाट अदालतमा मुद्दासमेत चलेको थियो ।

मधु र मिलिन्दलाई सन् २००९ मा यो मुद्दाबाट मुक्त गरिएको थियो । मधु सप्रेले बुम नामको एउटै फिल्ममा काम गरेकी थिइन् । यो फिल्म कट्रिनाको पनि डेब्यू फिल्म थियो । फिल्ममा थुप्रै बोल्ड सीन थिए ।

मधु सप्रेले व्यापारी जिआन मारियासँग सन् २००१ मा विवाह गरेकी थिइन् । विवाहपछि उनी इटली सेटल भएका थिए । सन् २०१२ मा मधु सप्रेले आफ्नी छोरी इन्दिरालाई जन्म दिएकी थिइन् । मधु अहिले इटालीमा नै छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप