शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताइवानसँग हतियार सम्झौतामाथि चीनको अमेरिकालाई चेतावनी, ‘आगोसँग नखेलेकै राम्रो’

आइतबार, २९ असार २०७६, ०९ : ४६
आइतबार, २९ असार २०७६

चीनले ताइवानलाई दुई खर्ब ४० अर्ब बढीको हतियार र ट्याङ्क बेच्नका लागि सम्झौता गर्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएको छ । चीनले ट्रम्प प्रशासनको यो निर्णयलाई चीनको सम्प्रभुता र राष्ट्रिय सुरक्षाको खतरा बताएको छ । चीन सरकारले अमेरिकाको यो कदम आगोसँग खेल्नु जस्तै भएको बताएको छ ।

पेन्टागनले शुक्रबार अमेरिकी विदेश विभागले ताइवानलाई १०८ अब्राहम ट्याङ्क र २५० स्टिंगर मिसाइलको बिक्री गर्न अनुमती दिएको र यो सम्झौताले क्षेत्रमा सैन्य सन्तुलनमा कुनै असर नपर्ने जानकारी दिएको थियो । तर चीनले आपत्ति जताउँदै सम्झौता रद्द गर्न माग गरेको छ । ताइवानकी राष्ट्रपति साई ईंग–वेन अमेरिका र क्यारेबियाली देशको यात्रामा भएका बेला चीनको यस्तो बयान आएको छ ।

अमेरिकी कम्पनीमाथि चीनले प्रतिबन्ध लगाउनेछः

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेंग शुआंगले भने, ‘अमेरिकाले आधिकारिक रुपमा एक चीन नीतिलाई मान्यता दिएको थियो तर ताइवानसँग भएको हतियार सम्झौताले यो सिद्धान्तको उल्लंघन गरेको छ । ताइवानलाई हतियार बेच्ने कम्पनीमाथि चीनले प्रतिबन्ध लगाउनेछ ।’

शुक्रबार बुडापेस्टको भ्रमणमा रहेका चीनका शीर्ष कुटनीतिज्ञ वाङ् यीलाई ताइवानसम्बन्धि प्रश्न सोध्दा वासिङ्टनले आगोसँग खेल्न नहुने चेतावनी दिएका छन् ।

उनले चीनको एकीकरणमा कसैले पनि रोक्न नसक्ने र कुनै पनि विदेशी शक्तिले यसमा अवरोध निम्त्याउने चेष्टासमेत गर्न नहुने बताएका छन् ।

यस्तै, अमेरिकी विदेश विभागले चीनको यो बयानमाथि टिप्पणी गर्न अस्विकार गरेको छ । कम्पनीले पनि यसबारे कुनै जवाफ दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप