शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

असल चालकको खडेरी

आइतबार, २९ असार २०७६, ०६ : ३२
आइतबार, २९ असार २०७६

काठमाडौँ। ब्लुबुक (सवारी धनीपत्र) बनाउनका लागि सिफारिसपत्र लिन ट्राफिक प्रहरी कार्यालय पुगेका एक पूर्वराजदूत आफ्ना निजी चालक खम्बिरमान थापाको कर्तुत थाहा पाएर आश्चर्यमा परे । 
चालक थापाले हराएको भन्दै आएको ब्लुबुक मापसे कारबाहीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि उनी आश्चर्यमा परेका हुन् । पटकपटक मापसे कारबाहीमा परेका चालक थापाले आफ्नो चालक अनुमतिपत्रमा थप ‘प्वाल’ पर्नबाट जोगाउन ब्लुबुक बुझाएका थिए तर थापाले ब्लुबुक हराएको भन्दै नयाँ बनाउन पूर्वराजदूतलाई सुझाव दिएका थिए । 
यस्तै रोचक घटना कुलेश्वरमा खाद्य थोक व्यापार गर्दै आएका सर्लाही हरिवनका युनिस अन्सारीले पनि ब्यहोर्नु प¥यो । करिब एक महिनासम्म आफ्नो गाडी र चालक बेपत्ता भएपछि उनी प्रहरीमा पुगे । खोज्दै जाँदा एउटा स्कुटीलाई ठक्कर दिएर चालक फरार भई गाडी प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा फेला प¥योे । 
दुई सवारी धनीका अनुसार इमानदार र असल चालकको खडेरी नै छ । “गाडी दुर्घटनामा प¥यो भनेका थिए”, व्यवसायी अन्सारीले भने, “चालक त ज्यान जोगाउन भन्दै गाडी सडकमै छोडेर भागेछ, मोबाइलसमेत बन्द गरेको छ । ” गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप