बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिरोमा परी चालकको मृत्यु

शनिबार, २८ असार २०७६, २३ : ०५
शनिबार, २८ असार २०७६

रुपन्देही-सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । 

पाल्पा मित्याल–९ का ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो । उनी पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिक पहिरोमा परेका थिए ।

सुनारीलाई पहिरोसँगै तिनाउ नदीमा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

प्रहरीले उनको शव अहिले साँझ निकालेको छ । पहिरोका कारण सिद्धबाबा सडकखण्ड अवरुद्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप